Logo

हराएको मोबाइल भेटियो



पर्सा,२८ असोज । प्रहरी हराएको मोबाइल खोज तलास गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । बिभिन्न मिति र समयमा बिभिन्न स्थान बस्ने मानिसहरुको बिभिन्न मोडेलको मोबाईल फोन चोरी गरेको र हराएको सुचनाको आधारमा प्रहरीले खोजतलास गरेको जनाएको छ ।

मोबाइल हराएको निवेदन सम्बन्धित व्यक्तिले प्रहरी कार्यालयमा पेश गरेका थिए । सम्मानित पर्सा जिल्ला अदालतको आदेश लिई श्री प्रहरी प्रधान कार्यालयबाट ट्रेस गराई खोज तलास गर्दा बिभिन्न मोबाईल फोनहरु फेला पारी सम्बन्धीत मोबाईल धनिलाई बुझाएकोे प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot