Logo

महरा फेरी अस्पताल भर्ना



काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पूनः अस्पताल भर्ना भएका छन् । आजमात्रै उनलाई अस्पतालबाटै म्याद थपको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित् गराईएको थियो ।

अदालतले महरालाई तीन दिन थुनामा राखेर अनुशन्धान गर्न अनुमति दिएको छ । अदालतको यस्तो अनुमति आएसँगै महरालाई पूनः उपचार गराईरहेको थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पताल लगिएको छ । पक्राउ परेको चार दिनपछि स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि महरालाई अस्पताल लगिएको थियो । उनलाई उच्च रक्तचापको र मधुमेहको समस्या छ।

महरालाई थप तीन दिन थुन्नलाई अदालतले अनुमति दिएको छ। महरालाई अनुशन्धानका लागि हिरासतमा राख्न म्याद थपको लागि आज अदालत लगिएको थियो । हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस भएको थियो ।

महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए । उता, सरकारी वकिल उमाकान्त पौडेलले बहस गरेका थिए । महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलास तोकिएको थियो ।

Photo By: Mukunda Kalikote/reportersnepal.com



प्रतिक्रिया दिनुहोस्