Logo

रित्तो स्टेडियममा दुई कोरियाबीच ३० वर्षपछि फुटबल भिडन्त



स्टेडियम खाली थियो । न कुनै दर्शक थिए । दक्षिण कोरियाको मिडियालाई प्रवेश रोकिएको थियो । ३० वर्षपछि उत्तर र दक्षिण कोरियाको राष्ट्रिय टोलीबीच भएको फुटबल भिडन्त थियो त्यो ।

१५ अक्टोबरमा किम इल सुङ स्टेडियममा खाली अवस्थामा दुवै कोरियाली खेलाडीहरुले खेले । फिफा अध्यक्ष गियानी इफानटिनो पनि ऐतिहासिक खेल हेर्न प्योङयाङ पुगेका थिए । तर, खाली स्टेडियम देखेर तीतो अनुभव सुनाए ।

दक्षिण कोरियाली फुटबल संघले ५० हजारभन्दा बढी घरेलु दर्शक हुने ठानेको थियो । तर, त्यहाँ रित्तो स्टेडियम मात्र थियो । खेल प्रत्यक्ष प्रसारण गर्न नपाएपछि वाक्य लेखेर प्रत्यक्ष जानकारी गराउन खोज्दा पनि इन्टरनेट अवरुद्ध पारिएको थियो ।

यस्तो विश्वकप फुटबलको छनोट खेलमा दुई कोरियाले गोलरहित बराबरी खेले । उत्तर कोरियाको राजधानी प्योङयाङमा भएको एशिया प्यासिफिक छनोट खेलमा दुवै टोलीले अंक बाँडेका हुन् ।

झण्डै ३० वर्षपछि दुई कोरियाको राष्ट्रिय टिम आमनेसामने भएका थिए । निकै चासोका साथ हेरिएको खेल हेर्न प्योङयाङस्थित फुटबल स्टेडियम खचाखच थियो ।

ऐतिहासिक खेलमा कुनै टोलीले गोल गर्न सकेनन् । पछिल्लो समय दुवै कोरियाबीच सम्बन्ध सुधारिदै जाँदा दक्षिण कोरियाली टोली उत्तर कोरिया पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot