लहान, २९ असोज । २०७५ पुस ३० गते कर्जन्हा नगरपालिका १० की एक युवतीलाई दुईजना पुरुषले अपहरण गरे। अपहरणपछि ती युवतीमापिुरुषले सामूहिक बलात्कार गरे।
पीडितले आफूउपर अपहरण तथा शरीर बन्धक राखी जबरजस्ती करणी भएको भन्दै २०७५ माघ १ गते कर्जन्हा–१० का ३० वर्षीय असरफ शेखसहित दुईजनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिन्।
२०७५ भदौ ३० गते मिर्चैया नगरपालिका–४ मा एक ४५ वर्षीया महिला अपहरणपछि सामूहिक बलात्कारको सिकार भइन्। पीडितले असोज ४ गते अपहरण तथा शरीर बन्धक राखी जबरजस्ती करणी गरेको भन्दै सोही ठाउँका २० वर्षीय प्रदीप मुखिया र विजय मुखियामाथि किटानी जाहेरी दर्ता गराइन्।
२०७५ असोज ७ गते गोलबजार धनगढीमाई नगरपालिका–७ मा एक युवती अपहरणपछि बलात्कारको सिकार भइन्। पीडित युवतीले कातिक ४ गते सप्तरी सुरुंगा नगरपालिका–१० घर भई लहान नगरपालिका–६ मा डेरागरी बस्ने २४ वर्षीय श्रीदेव मुखियालाई प्रतिवादी बनाएर अपहरणसहित शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गराइन्।
सिरहा प्रहरीको अभिलेखमा रहेका यी घटनाले मधेसमा पछिल्लो समय अपहरणको उद्देश्य फेरिँदै गएको पुष्टि गर्छ। आजको नागरिक दैनिकमा मिथलेश यादवले खवर लेखेका छन् ।