Logo

मन्त्रिमण्डल फेरबदल गर्न लागेपछि हतार नगर्न माधव नेपालको सुझाव



काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रिमण्डल फेरबदलको विषयले असर गरेको छ । तिहार अघि नै मन्त्री परिवर्तन गर्नेबारे अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीच छलफल चलेपछि त्यसप्रति केही नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार विहान बसेको सचिवालय बैठकमा पनि त्यसबारे कुरा उठेपछि ओली र प्रचण्डलाई केही नेताहरुले हतार नगर्न सुझाव दिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रिहरुको हेरफेर उपचुनाव अगाडि नगर्न सुझाव दिएका हुन् ।

नेपालले आजै भृकुटीमण्डपमा आयोजित चीयापानमा मन्त्रीहरुको हेरफेरमा हतार गर्न नहुने बताए । उपचुनावलाई असर गर्ने भन्दै अहिले हतार गर्न नहुने बताएका हुन् ।

यता मन्त्रीहरुको परिवर्तनको पहल शुरु भएको सूचना पाएपछि नेकपाभित्रका सम्भावित दाबेदारहरुको दौडधूप चलेको छ । नयाँ अनुहारहरु अवसर पाउनुपर्ने भन्दै लबिङमा लागेका छन् । तर, ओली र प्रचण्ड अनुभवी नेताहरुलाई सहभागी गराई अगाडि बढ्ने तयारीमा छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्