काठमाडौं, ३० असोज । सरकारको केन्द्रिय सचिवालयमा मंगलबार छड्के गर्दा २१५ जना कर्मचारी कारवाहीमा परेका छन्। मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बिदा स्वीकृत नगरी ६६ जना कर्मचारी अनुपस्थित भएको देखियो।
दसैं बिदा सकिएपछि पनि सिंहदरबार सुनसान छ। दसैंको बिदा बिहीबारबाट सकिएको थियो। तर, यहाँ कार्यरत धेरै कर्मचारी कार्यालय फर्किएका छैनन्।
सिंहदरबारभित्र रहेका ९ मन्त्रालयको अनुगमन गर्दा अनुपस्थित भएका र समय पालना नगरेका १२५ जना कर्मचारी कारवाहीमा परेका छन्। कारवाहीमा पर्ने दुई सहसचिवसमेत रहेको सर्तकता केन्द्रका शाखा अधिकृत नारायण दाहालले जानकारी दिए। आजको अन्नपूर्ण पोष्टमा खवर छ ।