भैरहवा, ३० असोज । सन् २०२० देखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ।
प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको छ। मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ। टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम सुरु भइसकेको छ।
आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गत भौतिक संरचना निर्माण अन्तिम अवस्थामा छ। टर्मिनल भवन फिनिसिङ र केही उपकरण जडानको काम भइरहेको छ।
विशेष गरी उपकरण जडानको काम मात्र बाँकी रहेको आयोजना प्रमुख अधिकारीको बताए। उपकरण जडान भएपछि भौतिक प्रगती बढ्ने उनले बताए।
विमानस्थलको भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ। पछिल्लो समय ओभरहेड ट्यांकी निर्माण, टर्मिनल भवनमा छानो लगाउने काम एकसाथ अगाडि बढाइएको छ। ‘अब स–साना काम मात्र बाँकी छ।
सरकारले २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले खवर लेखेका छन् ।