काठमाडौं, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्त विरुद्ध मुद्धा दायर गरेको छ । पन्तलाई पाँच हजार घुस रकम लिईसकेको अवस्थामा अख्तियारले २९ असोजमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
पन्तले सवारी दुर्घटना केशको सहमतिबमोजिम मिलापत्र गरिएकोमा मिलापत्र गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेकोे उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा रकम सहित नियन्त्रणमा लिई मुद्धा दायर गरेको जनाएको छ ।