Logo

पटका सहित युवक नियन्त्रणमा



पर्सा, ३० असोज । अवैध पटाका सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्ने भारत मोतिहारी बच्कौरा २ बस्ने राकेश कुश्वाहा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय नगवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले बीरगंज नगवा पोखरीबाट २९ असोजमा नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल तर्फ तरकारीको बोरामा लुकाई साईकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले एक बोरा पटाकासहित कुश्वाहालाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्