Logo

रवि लामिछानेलाई खुशीको खबर, अब विदेश जान पाउने



काठमाडौं, ३० असोज । टिभी प्रस्तोता रवि लामिछानेलाई अब विदेश जान अदालतको आदेश लिन नपर्ने भएको छ । उच्च अदालत पाटनको हेटौंडा इजलासले उनलाई विदेश जानको लागि अनुमति दिएको छ । यसअघि लामिछानेलाई विदेश जान अदालतको स्विकृति लिनुपर्ने चितवन अदालतको आदेश थियो । तर, उच्च अदालत पाटनको हेटौंडा ईजलासले स्विकृति लिनुपर्ने आदेश बदर गरिदिएको छ ।

यसअघि चितवन जिल्ला अदालतले विदेश भ्रमणबाहेक दिएका अन्य आदेशहरु भने उच्च अदालतले यथावत राखेको छ। न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दूरुत्साहन अभियोगमा उनलाई भदौ ९ गते चितवन जिल्ला अदालतले मुद्दाको टुंगो नलाग्दासम्म विदेश जान नपाउने निर्णय सुनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्