काठमाडौं, ३० असोज । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजन र भारतीय जनता पार्टीका नेता विजय जोलीसँगै गएर भारतीय उपराष्ट्रपति वेंकैया नायडुसँग भेटेका छन् । नयाँ दिल्लीस्थित भारतीय उपराष्ट्रपति कार्यालयमा भएको भेटमा एशिया प्यासिफिक सम्मेलनको प्रतिवेदन हस्तान्तरण गरे ।
भेटमा भारतीय नेताहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङको यसै हप्ता भएको नेपाल भ्रमणबारे चासो राखेको ढकालले जनाएका छन् । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सम्पूर्ण नेपालीमा हौसला बढेको जवाफ दिएको उल्लेख गरेका छन् ।
भेटमा ढकालको साथमा भाजपा नेताहरु भुवनेश्वर कालिता, विजय जोली र केभी राजन सहभागी थिए । जोली र राजन ढकालसँग नजिक मानिन्छन् ।
Photo Source: FB