नवलपरासी,१ कात्तिक । अख्तियार दुरुपयोग अनसुन्धान आयोगले सहायक वन अधिकृत सहित दुई जना विरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले ३० असोजमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
सव डिभिजन वन कार्यालय, प्रतापपुर, नवलपरासी वर्दघाट सुस्ता पश्चिमका सहायक वन अधिकृत पर्शुराम चौधरी र वन कार्यालय रहेका घरधनी मनोज कुमार शर्मा विरुद्ध मुद्धा दायर गरेको हो ।
डिभिजन वन कार्यालयबाट नियन्त्रणमा लिएको ट्याक्टरको मुद्दा मिलाईदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले पैसठ्ठी हजार घुस रकम सहित नियन्त्रणमा लिएको लिएको थियो ।
अनुसन्धानको क्रममा पैसठ्ठी हजार घुस लिएको प्रमाणका आधारमा जनही विगो पैसठ्ठी हजार कायम गरी जरिवाना र कैद सजाय मागदावी लिई मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।