Logo

दयाहाङ व्यस्त



यस वर्षको मध्यान्तरसम्ममा दुई ब्लकबस्टर चलचित्र दिइसकेका अभिनेता दयाहाङ राईको स्टारडम फेरि बढेको छ । जेठमा ‘जात्रै जात्रा’ र असोजमा ‘कबड्डी कबड्डी कबड्डी’ ले घरेलू बक्सअफिसमा गरेको धमाका व्यापारले गर्दा राईको खस्किएको स्टारडम फेरि उत्कर्षमा पुगेको हो । यसले गर्दा नेपाली चलचित्र क्षेत्रमा उनको झन डिमान्ड बढेको छ ।

राई अहिले आफ्नो भरपर्दाे निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र “सेन्टी भाइरल” को छायांकनमा व्यस्त छन् । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को मुख्य भूमिका रहेको चलचित्रमा राईको केमियो रहेको जनाएको छ ।

यो चलचित्रको समाप्तिसँगै उनले उपेन्द्र सुब्बाको चलचित्र गर्ने चर्चा चलिरहेको छ । तिहार सकिएलगत्तै चलचित्रको छायांकन सुरु गर्ने भनिएको चलचित्रमा ‘कबड्डी’ सिरिजका स्क्रिप्ट राइटर तथा चर्चित लेखक सुब्बाले दयाहाङलाई लिएर चलचित्र बनाउन लागेका छन् । चलचित्रको निर्देशन पनि सुब्बा आफैले गर्ने भएका छन् । चलचित्रको नाम सार्वजनिक नगरे पनि चलचित्रको अधिकांश छायांकन ताप्लेजुङमा हुने जनाइएको छ । लेखक सुब्बाको चलचित्र पछि दयाहाङले निर्देशक दीपेन्द्र लामाको चलचित्र गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्