Logo

कस्तो होला आमिर र सैफको बीस वर्षपछिको टिमअप



बलिउड अभिनेता आमिर खान र सैफ अली खानले फिल्म “विक्रम वेदा” को हिन्दी रिमेक गर्ने भएका छन् । करिब २० वर्षपछि उनीहरु एक साथ काम गर्ने भएका हुन् । फिल्ममा सैफ प्रहरी र आमिर खुंखार ग्यांगस्टरको रुपमा प्रस्तुत हुने जनाइएको छ । हिन्दी रिमेकमा सैफले ‘विक्रम’ र आमिरले ‘वेदा’ को भूमिका निभाउनेछन् ।

पुष्कर गायत्रीले निर्देशन गर्ने यो फिल्मको छायांकन अर्को वर्षको अप्रिलबाट सुरु हुनेछ । तमिल भाषामा पनि यो फिल्मको निर्देशन उनले नै गरेका थिए । ओर्जिनल फिल्ममा दुई तामिल सुपरस्टार आर माधवन र विजय सेथुपथीको प्रमुख भूमिका थियो ।

यतिबेला आमिर ‘सीक्रेट सुपरस्टार’ फेम्ड निर्देशक अडवेट चन्दनले निर्देशन गरिरहेको नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गरिरहेका छन् । यो फिल्म १९९४ को हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । यसअघि उनी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ बच्चन, फातिमा सना शेख र कटरीना कैफसँग देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot