Logo

बाघे प्रहरी खोरमा



काठमडाौं, १ कात्तिक । प्रहरीले गुण्डानाइके बाघे भनिने सन्देश लामालाई नियन्त्रणमा लिएको छ । स्वयम्भु क्षेत्रमा प्रभाव राख्ने उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

जेबीएस डिपो नामको बालुवाको डिपो चलाएका उनलाई अवैध बालुवा ओसारपसारमा संलग्नताको समेत अभियोग छ । उनीमाथि ठगीको अभियोग लगाइएको छ । लामो समययता उनको सक्रियता रहेपनि राजनीतिक दबाबले प्रहरी अगाडि बढेको थिएन ।

बाघेसहित बालाजु, महाराजगन्ज र स्वयम्भू क्षेत्रका बालुवा डिपो सञ्चालक पनि प्रहरी नियन्त्रणमा छन् । उनीहरुमाथि ठगीमा अनुसन्धान भइरहेको प्रहरीको अपराध अनुसन्धानले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot