Logo

अनुदान रकम हिनामिना विरुद्ध मुद्धा



तनहुँ, १ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले धरमपानी गाविस स्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण बहादुर गुरूङ विरुद्ध १ कात्तिकमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

उनीहरुले विद्युतीकरणको लागि निकासा भएको रकमको कार्य नगरी संस्थाको रकम हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा नरबहादुर र कोषाध्यक्ष कृष्णबहादुरले धरमपानी गाविस तथा जिल्ला विकास समितिको कार्यालय तनहुँबाट प्राप्त सरकारी अनुदान रकम उन्नाईस लाख चालीस हजार नौ सय छब्बीस रूपैयाँ उनानब्बे पैसा ग्रामीण विद्युतीयकरण कार्यमा खर्च नगरी सरकारी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ ।

रकम हिनामिना गरेको प्रमाणका आधारमा विगो असुलउपर सहित मागदावी लिई मुद्धा दायर गरिएको अख्तियारले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot