धनुषा । प्रहरीले धनुषाको हंसपुर नगरपालिकाको निकालमा ६ राउन्ड हवाइ फायर गरेको छ । तस्करले लुकाएर राखेको सामान बरामद गर्ने क्रममा अवरोध भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।
तस्करले स्थानीय महिला र बालबालिकालाई अघि सारेर सामान बरामद गर्न अवरोध गरेपछि प्रहरीले हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताए ।
गाउँमा तस्करीको सामान भण्डारण गरेको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेको उनले बताए । बरामद गरिएको सामान अन्दाजी २५ लाख रुपैयाँ बराबरको हुनसक्ने एसपी खनालले बताए ।