काठमाडौं, २ कात्तिक । देशभरका छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भीटामिन ए र जुकाको औषधी खुवाइँदैछ । सरकारले शनिबार र आइतबार निःशुल्क खुवाउने भीटामिन ए र जुकाको लागि व्यापक प्रचार प्रसार समेत गरिरहेको छ ।
भीटामिन ए र जुकाको औषधि खुवाउन देशभरका स्वास्थ्य स्वयंसेवक र सेविकाहरु परिचालित छन् । नजिकको स्वास्थ्य चौकी र अस्थायी स्वास्थ्य केन्द्रहरुमा भीटामिन ए र जुकाको औषधी खुवाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
७५३ वटै स्थानीय निकायमा बालबालिकालाई भीटामिन ए र जुकाको औषधी खुवाउन ५० हजार स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयं सेविका परिचालित छन् । आजै छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजना समेत रहेको स्वाथ्य सेवा विभागले जनाएको छ ।
File Photo