सन्धिखर्क, २ कात्तिक । सन्धिखर्क नगरपालिकाले तौल कम गरी ठगी गरेको आरोपमा चुत्राबेसीका एक व्यापारीलाई दुई लाख जरिवाना तिराएको छ । अनुगमनको क्रममा तौलमा उपभोतलाई ठगी गरेको भेटिएपछि २ लाख रुपैंयाँ जरिवाना तिराएको हो ।
सन्धिखर्क–२, चुत्रबेसीमा शिवा किराना तथा भण्डारका मालिक कपिलवस्तुका संजय कुमार कलवारले ३० किलो र २५ किलोको चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो ।
अनुगमन टोलीले उपभोक्त्तालाई ठगेको भेटाएपछि उपभोक्त्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख पाँचसय जरिवाना तिराएको अनुगमन टोलीका संयोजक जिवनारायण आचार्यले जानकारी दिए ।
कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर ४२५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई दुई लाख पाँचसय जरिवाना तिराएको सन्धिखर्क नगरपालिकाले जनाएको आजको अन्नपूर्ण पोष्टमा खवर छ ।