काठमाडौं, २ कात्तिक । पूर्व अधिराजकुमार पूर्णिका शाह परोपकारी कार्य र समाजसेवामा सक्रिय छिन् । उनी साहित्य र कलामा पनि उत्तिकै सक्रिय छिन् । समाजमा घटित घटनाबारे तत्काल प्रतिक्रिया जनाइहाल्छिन् ।
पूर्णिका शाहले सामाजिक सञ्जालमा एसिडपीडित मुस्कान खातुनप्रति सहानुभूती जनाउँदै धारणा सार्वजनिक गरेकी छिन् । उनले नारीको अपमान भएको भन्दै आलोचना समेत गरेकी छिन् ।
पूर्णिकाले लेखेकी छिन्-
हाँस्छन् नारी जब जबयहाँ हाँस्छ यो सृष्टि आफै
रुन्छन् नारी जब जब यहाँ रुन्छ यो सृष्टि आफै
नारी बन्छन् जबजब यहाँ लोक देखेर आफै
नारी बन्छन् जबजब यहाँ लोक देखेर क्रुद्ध
मच्चिन्छन् झन् अबिदित नयाँ लोकमा क्रुर युद्ध
उनले मुस्कानको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छिन् । एसिड आक्रमण बन्द गर्न भनेकी छिन् ।
Photo: Facebook