Logo

देउवाले १२ वर्ष के हेरेको भनेपछि कमल थापाले भने-जतिसुकै वर्ष लागोस् अपराधीले कदापि उन्मुक्ति पाउने छैन



काठमाडौं, २ कात्तिक । रौतहट बम काण्डबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बोलेपछि यसबारे क्रियाप्रतिक्रिया आएको छ । देउवाले अफताबलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा १२ वर्षसम्म के हेरेर बसेको भनी प्रश्न गरेपछि थापाले सामाजिक सञ्जालमा देउवातर्फ संकेत गर्दै आलोचना गरेका छन् । उनले जतिसुकै वर्ष लागेपनि अपराधीले कदापि उन्मुक्ति नपाउने टिप्पणी गरेका छन् ।

थापाले हत्या जस्तो जघन्य अपराधलाई राजनीतिक रंग नदिन भनेका छन् । उनले विगतको घटनामा समेत राजनीतिक रंग दिइएको भन्दै आलोचना गरे ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्दोष शिक्षकलाई रुखमा बाँधेर हत्या गर्ने, चन्दा नदिएको कारण जनप्रतिनिधिलाई गोली हानी मार्ने र जिउँदो मान्छेलाई ईट्टा भट्टामा हालेर मार्ने कार्य अमानवीय,जघन्य र आतंककारी गतिविधि हुन्।यस्ता अपराधलाई राजनीतिक रंग दिने काम नगरौं। जतिसुकै वर्ष लागोस्,अपराधीले कदापी उन्मुक्ति पाउने छैन ।’
File Photo



प्रतिक्रिया दिनुहोस्