Logo

बयानको कुरा गर्योकि महरा बिरामी



काठमाडौं, २ कात्तिक । संसद सचिवालयको कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा बयानको कुरा गर्न वित्तिकै बिरामी हुने गरेका छन् ।

आफ्नो रक्तचाप र छाती दुख्ने समस्या बढेको भन्दै हाल नर्भिक अस्पतालमा रहेका उनलाई एन आइसियुबाट सिसियुमा सारिएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट अस्पताल भर्ना भएका महरा बयानको कुरा आउने विक्तिकै बिमारी पर्ने गरेका कारण हालसम्म उनको बयान लिन नसकिएको प्रहरी स्रोतले जनाएको छ ।

स्वास्थ्यका कारणले महराले आफु अहिले बयान दिन सक्षम नरहेको बताउदै आएको जनाइएको छ । बयान लिएरै छोड्ने अठोट लिएको प्रहरी महराको अवस्थामा सुधारको पर्खाइमा रहेको देखिन्छ ।महरा विरुद्ध किटानी जाहेरी दिने महिलाको भने पटक पटक बयान लिएको छ ।



प्रतिक्रिया दिनुहोस्