Logo

ज्वाँइलाई भन्दा ससुरालाई पछ्याउने बढि



काठमाडौं, २ कार्तिक । पछिल्लो समय नेपालका नेताहरु पनि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । आफ्ना गतिविधि तथा भनाई राख्नुपरे उनीहरु सामाजिक सञ्जाल फेशबुकलाई नै बढि उपयोग गर्न अभ्यस्त छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताद्धय अर्जुननरसिंह केसी र गगन कुमार थापा नाताले ससुरा र ज्वाँई हुन् । थापाले केसीकी छोरी डा. अञ्जना केसीसँग विवाह गरेका हुन् । दुवै नेता सामाजिक सञ्जाल फेशबुकमा सक्रिय छन् । थापाले त आफ्ना कुरा फेशबुकमार्फत राख्दा मूलधारका मिडियामा मुख्य समाचार नै बन्ने गरेका छन् ।

फेशबुकमा युवा नेता भएपनि थापाभन्दा उनका ससुरा केसीको फेशबुक पेजमा बढि फ्यान छन् । थापाको फेशबुक पेजामा २ लाख ९५ हजार फ्यान छन् भने नेता केसीको ३ लाख ७० हजार छन् ।

रोचक त के भने ससुरा र ज्वाई पार्टीमा बेग्ला-बेग्ला समूहबाट १२ औं महाधिवेशनमा महामन्त्रीमा चुनाव लडेका थिए । तर, दुवै जना पराजित बने । केसी पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेका थिए भने थापा भने कृष्ण प्रसाद सिटौलाको पक्षबाट चुनाव लडेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot