Logo

अक्षय कुमारको ‘मिशन मंगल’ दुईसय करोड क्लबमा



काठमाडौं, २ कार्तिक ।बलिउड अभिनेता अक्षय कुमारद्वारा अभिनित चलचित्र ‘मिशन मंगल’ दुई सय करोड क्लबमा प्रवेश गरेको छ ।
राम्रो प्रदर्शन जारी राखेको उक्त फिल्मले हालसम्म भारतमा मात्रै दुई सय करोड भारुमाथिको कमाइ गरेको छ ।  मिशन मंगलको सानदान कमाइले एक पटक फेरि अक्षय कुमारलाई बक्स अफिसको खेलाडी साबित गरिदिएको छ ।

२९ औँ दिनमा दुई सय करोड कमाएर अक्षय कुमारले आफ्नो सबैभन्दा ठूलो हिट फिल्को रुपमा सावित गरि दिएका छन् ।मिशन मंगल भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० को मंगल अभियानको सत्य कथामा आधारित छ ।

चलचित्रमा अक्षयसँगै विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा र शरमन जोशी मुख्य भूमिकामा छन् ।



प्रतिक्रिया दिनुहोस्