काठमाडौं, २ कार्तिक । महिलामाथी जर्वजस्ती गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले सांसदपदबाट राजीनामा नदिनुको कारण पूर्वएमालेको निणर्य रहेको बुझिएको छ ।
सभामुख पदबाट राजिनामा दिएपनि सांसद पदबाट राजिनामा नदिएको भन्दै आलोचना खेपिरहेका महरा यति बेला नर्भिक हस्पिटलमा उपचार गराईरहेका छन् ।
उनले आफू तत्कातिन एमालेको नेता नै नभएको भन्दै किन उक्त निणर्यलाई मान्ने भन्दै राजीनामा दिन अस्विकार गर्दे आएको उनी निकट स्रोत बताउन्छ ।
उक्त गाईगुईपछि अहिले दुई पार्टिबिचको सम्बन्धमा खलल आउने सम्भावना पनि बढ्दै गएको स्रोतको दाबी छ । उनलाई भेट्न प्रहरी दिनहुजसो अस्पताल पुगेपनि उनको बयानको पक्रिया भने समपन्न हुन सकेको छैन् ।
प्रहरीका स्रोतका अनुसार हाल उनी स्वास्थलाई कारण देखाउदै बयान छोडेर उपचार गराई राखेका छन् ।पछिल्लो समय महरा बयानको कुरा गर्ने विक्तिकै आफ्नो रक्तचाप कम भयो, मुटु दुख्यो भन्दै डाक्टरलाई बोलाउने गरको प्रहरी स्रोतले जनाएको छ ।
पाँच दिन वितिसक्दा पनि उनले अहिलेसम्म बयानमा सहयोग नगरेको प्रहरीको भनाई रहेको छ । उक्त घटनाबारे किटानी जाहेरी दिने महिलाको भने पटक-पटक लिइएको बयान बाँझिदै आएको छ ।