रुसमा सुन खानीको बाँध भत्कँदा १५ जनाको मृत्यु भएको छ । क्रस्नोयारकस्थित सेबा नदीमा शनिबार भएको घटनामा १३ जना हराइरहेका छन् ।
भारी वर्षाका कारण आएको बाढीले कामदारहरु बसेको स्थानसम्म पानी पुग्दा घटना भएको थियो । रुसी समाचारसंस्था तासका अनुसार घटनामा घाइतेलाई अस्पताल पुर्याइएको छ । १४ जना घाइते भएका छन् । विहान सबेरै घटना भएकाले बढी हताहती भएको थियो । बाढीले कामदार बसेको कोठा बगाएको थियो ।
सुनखानीका लागि रिजर्भरका रुपमा बाँधको प्रयोग गरिएको थियो । घटनाबारे छानविन भइरहेको तासले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनाको अनुसन्धानको निर्देशन दिइसकेका छन् ।
-एजेन्सी
Photo Source: TASS