काठमाडौं, ३ कार्तिक । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी ओली विहिबार अजरबैजानको राजधानी बाँकु जान लागेका छन्।
कार्तिक ८ र ९ गते हुन गैरहेको असंलग्न राष्ट्रहरूको १८औँ सम्मेलन बाकु सहरमा हुन गैरहेकोले प्रधानमन्त्री तीन दिने भ्रमणमा त्यस तर्फ जान लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।