Logo

चीसो बढ्दै गर्दा हल्का वर्षाको सम्भावना



काठमाडौं, ३ कात्तिक । देशभर तापक्रम ओरालो लागिरहेको छ । कतिपय स्थानहरुमा आकाशमा बादल लागेकाले घाम मलिनो लागेको छ । पश्चिमबाट आएको पश्चिमी वायुले नेपालको मौसममा आंशिक प्रभाब देखिएको छ ।

हाल देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ । चीसो बढ्ने प्रकारको हल्का वर्षा पनि केही दिनयता भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार सोमबार देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भुभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीस् देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भु-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
Photo Source: MFD



प्रतिक्रिया दिनुहोस्