Logo

लागुऔषध सहित प्रहरी नियन्त्रणमा



पर्सा, ३ कात्तिक । प्रहरीले लागुऔषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर २ बस्ने दिपेन्द्र शाह र सोही उपमहानगरपालिका वडा नम्बर ४ बस्ने फिरोज अंसारीलाई २ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १० ठाकुराम क्यापस स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ ना १९ प १२६७ नम्बरको मोटरसाइकलमा सवार थापा र अंसारीको साथबाट लागु औषध ओनरेक्स २८ बोतल फेला परेकोले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot