Logo

बाहिर निस्कदै हुनुहुन्छ ? यस्तो छ आजको मौसम



काठमाडौं, ४ कात्र्तिक । पश्चिमी क्षेत्रबाट आएको पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसममा आंशिक प्रभाव परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशैभरि सामान्यदेखि पूर्ण बदली भएको कारण थोरै स्थानमा हल्का बर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार सोमबार राति पनि देशभरको मौसम बदली हुनेछ ।राति देशभर सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पश्चिमी वायुको प्रभाव केही दिन अझै बाँकी रहने देखिए पनि बिस्तारै कम हुँदै जाने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्