Logo

तस्करको गोदाममा प्रहरीको छापा



काठमाडौं,४ कार्तिक । सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका–४ स्थित सीमा क्षेत्रनजिक अवैद्य रुपले भण्डारण गरिएको गोदाममा शनिवार लहान प्रहरीले छापा मारी १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको भन्सार छलीको मालसमान बरामद गरेको छ ।

गोप्य सूचना आएपछि खटिएको प्रहरी टोलीले उक्त रकम बराबारको मालसमान बरामद गरेको जनाएको छ ।प्रहरीले तस्करहरुले प्रयोगमा ल्याएको उक्त गोदामबाट कपडा, जुत्ता, किराना आइटम र भाडा वर्तनलगायतका समान बरामद गरेको जनाएको छ।

सोहिदिन प्रहरीले ठाडीबाट लत्ताकपडा, सुर्ती र पटाका गरी ६६ हजार नौ सय बराबर, कबिलासीबाट १३५ केजी सुर्ती र सो सुर्ती बोकेको सिटी रिक्सा गरी तीन लाख ४७ हजार र लहानको अस्पताल चोकबाट तीस हजार ७५० रुपियाँ बराबरको विभिन्न किराना आइटमका सामान गरी चार लाख ४४ हजार ६५० रुपियाँ बराबरको मालसमान बरामद गरेको थियो ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot