Logo

नेपाली अवार्डका लागि अमेरिकाको बर्कली सिटीको मुख्य सडक बन्द



डिसेम्बर १ मा ‘भिजिट नेपाल २०२०’ लाई प्रचार गर्ने उदेश्यले कलाकारसहितको सहभागितामा अमेरीकाको बर्कली सिटीको मुख्य सडक नै बन्द गरेर ‘नेपाल डे परेड’ मनाइने जनाइएको छ । यो “ग्लोबल नेपाली फिल्म अवार्ड २०१९” को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन लागेको कार्यक्रम हो ।

लगातार यो अवार्डको कार्यक्रम अमेरिका मै हुँदै आएको छ । अवार्ड कार्यक्रम बर्कलीको युसी थिएटरमा यही नोभेम्बेर ३० देखि डिसेम्बर १ सम्म अवार्ड हुनेछ । यो थिएटरमा पहिलो पटक नेपाली कार्यक्रम हुन लागेको हो । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ ।

यो अवार्ड कार्यक्रममा अमेरिका बसोेबास गर्ने फिल्मकर्मी र नेपालबाट केही कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहनेछ । “ग्लोबल नेपाली फिल्म अवार्ड” ग्लोबल नेपाली फिल्म अवार्ड, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकरको मुख्य आयोजनामा हुन लागेको हो । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले अवार्डलाई सभ्य र भव्य बनाउने दाबी गरेका छन् ।

यो अवार्डको उद्देश्य फिल्म पर्यटन तथा ‘भिजिट नेपाल २०२०’, नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन, फिल्म टुरिजमको बिषयमा अन्तरक्रिया र कलाकार पुनर्मिलन रहेको छ । Photo Source: Filmykhabar



प्रतिक्रिया दिनुहोस्