Logo

एक किलो नक्कली सुन सहित ६ जना नियन्त्रणमा



काठमाडौं, ४ कात्तिक । नक्कली सुन एक किलो सहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएकाहरू मंगले तामाङ,सुजन रसौली, विष्णु बहादुर राउत तथा नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका २ घर भएका रोशन वुढा मगर र ललितपुर सानागाउँ बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएका किरण लामालाई ३ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

काठमाडौं कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाखरुपैयाँमा विक्री गर्न ग्राहक खोजिरहेको सूचना आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको ५ लाख रुपैयाँ सहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट मोबाइल ६ थान समेत बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्