डा. कृष्णकुमार तामाङ: राजनीतिक तथा सामाजिक परिवेशमा आकस्मिक हुरी जसरी र्दुव्यवहारको समाचारले झसंग बनाएको नेपाली जनमानसमा रोशनी शाही र कृष्ण बहादुर महराको विषयमा सरकारको कारबाही तथा नतिजा बारे उत्सुकता तिव्र हुदैं गएको परिप्रेक्ष्यमा बिना ठोस आधार ककसले के भने कानुनी राज्यमा त्यसको कुनै अर्थ हुदैंन । दसी, प्रमाण, गवाह, प्रत्यक्षदर्शीको बयान, र प्रहरीको अनुसन्धान अभियोजनका भारमा अदालती न्याय सम्पादनमा हुने अभ्यास बिर्सेर आवेशमा भावनात्मक कुरा गरेर मानवाधिकारको दुहाई दिदैंमा कसैलाई अपराधी घोषित गर्न सकिदैंन ।
पीडित भनिएकी व्यक्ति स्वयम्ले मानसिक अवस्था ठेगानमा नरेहकोले औषधिको प्रभाव रहेको भन्दा भन्दै जबरजस्ती उजुरी गर्न लगाइएको अभिव्यक्तिले अभियुक्तलाई नानाथरी तनाव हुने गरी सामाजिक संजालहरुमा जतिनै व्यापक गरे पनि प्रमाणित हुन सक्दैन । अभियोग लागेका व्यक्ति कुनै समय इसाई धर्मावलम्बी रहेको संजालहरुमा देखिए जसरी यदि वास्तविकमै हुन् भने मदिरा सेवन पत्याउने कुरै भएन । घटनास्थलमा मदिराका बोतल भेटिनु तर निजको उपस्थिति नहुनुले जुठो गिलास, संघर्षका चिन्ह, टुटफुट भएका चश्मा र जुत्ताका तलुवा आदि अभियुक्तको संग मेल खाएकै छैन, पीडितको सरलताको अपव्याख्या गरिदैं कटु आलोचना गर्नु भत्र्सनायोग्य हुन्छ । घटना यकिन हुनाका निम्ति चर्चामा रहेका दुइ प्राणीका आपसी शारीरिक समागम वा सम्पर्क भएको कुनै आपत्तिजनक पदार्थ भेटिएको खुलाशा भएकै छैन, एकको शरीरमा अर्काको तन्तु कोषिका परेकै होइन भनें कराएकै भरमा तुष्टि लिन मिल्छ ?
वास्तवमा पीडित को र कसलाई भन्ने द्विविधा देखिन्छ ।
जाहेरकर्ता महिलालाई पीडित भन्दा उनि आफै इन्कार गर्दछिन् र अभियुक्त भनि प्रस्तुत कारणीलाई पीडित नभनें निजले अपराध गरेको पुष्टाइ हुने छनक समेत छैन । आपसी सम्बन्ध र सद्भावलाई गाली गरेर अनेकढंगबाट वक्रदृष्टिको नजरले हेरिंदा सामाजिक सौहाद्र्रताको सन्तुलनमा विचलन ल्याउने खालका क्षुद्रताको नमुना हुन जान्छ । दुवैको सहमतीमा गरिने, तेश्रो पक्ष कसैलाई प्रत्यक्ष कुनै भौतिक हानि नहुने भएता पनि सामाजिक मान्यता र नैतिकतामा चोट पुर्याउने हरकत कसैले गर्न मिल्दैन भनेरै सभ्य समाजको परिभाषा रहेको छ । कुरा मिल्दासम्म मेलमिलाप अन्यथा भएमा बलात्कार र हिंस्रक उद्वेग शान्त हुँदाको अवस्थामा थामथुम गर्न भ्याएसम्मका तिकडम अनौठो नहुनुलाई अचम्म ठान्नु विस्मय हो । कसको के स्वार्थ लुकेको हुन्छ, झर्ला र खाउंलाझैं गरी असीमित व्यग्रता निष्फल हुन्छ । कानुन बनाउनेहरुलाई कानुन लाग्न थाले प्रतिकूल धारा उपधाराहरु पाखा लगाइन्छन्, आफु र आफ्नाका लागि केही होला भन्ने ध्येयले लामो त्याग र तपस्याको फल मिठो नभई कोकाउने र बान्ता हुने भए राजनीति केलाई र किन गरिने प्रश्न चिन्ह खडा हुन सक्दछ । नौलो पुस्ताकाहरुलाई वितृष्णा जागेर राजनीतिमा खडेरी परेको अवशेष हेर्न पर्ने दिन नआउला भन्न सकिन्न ।
तथाकथित घटनामा चोटग्रस्त भएकी महिलाालाई क्षतिपुर्ति भराउन अदृश्य र ओझेलमा रहेको पीडकको खोजी हुनु पर्दछ । परिबन्दमा परको विषयलाई कसैको मानमर्दनको बहानामा यति बिघ्न आक्रामक बन्न कसैलाई शोभनीय हुदैंन । केलाई भन्दा देख्नेलाई लाज भन्ने उखान चरितार्थ हुने प्रसंगलाई यतिमै सीमित राखी अघि जस्तैको स्थितिमा जानु संलग्न पात्रहरुले आत्मालोचना गर्ने र बाहिरबाट उत्सुक पर्यवेक्षकहरु क्षमाशील बन्नु श्रेयष्कर हुन्छ । घटनाक्रमले जसरी नयाँ मोडहरु लिदैं गरेको छ, हात्ती आए फुस्सा हुने निश्चितप्राय छ । आफ्नै सरकार, प्रहरी, अदालत र बहुमतको संसदले दलका वरिष्ठ नेताको बचाउ नगरे नयाँ नेपालको सार्थकता के रहन्छ ? पद र मर्यादाका कुरामा जब राज्यबाट निष्कलंक भनेंर लालमोहर लगाइन्छ तब कसैको आपत्तिले कसैलाई विपत्ति हुदैंन । कानुनी राज्यमा भावावेशको आग्रह वा पूर्वाग्रहलाई स्थान हुदैंन । अतः कानुनी औपचारिकता सम्पन्न हुञ्जेल संयमता अपनाउन जरुरी छ ।
(डा. कृष्णकुमार तामाङ सशस्त्र प्रहरीका पूर्व एआइजी हुन्, यो लेखकको व्यक्तिगत विचार हो )