विश्वविद्यालयमा भर्ना भएकी बँगलादेशी सांसद कहिले परीक्षा दिन गइनन् तर उनको नाममा परीक्षा दिनेहरु भेटिएका छन् । सत्तारुढ अवामी लिगको महिला कोटाकी सांसद तमन्ना नुसरत स्नातक तहमा भर्ना भएर आफू सामेल नभई नक्कली परीक्षार्थी पठाएको भेटिएको हो ।
बँगलादेशको ओपन विश्वविद्यालयको बीए तहमा अध्ययनरत उनको तहको हालसम्म १३ वटा परीक्षा भइसकेकोमा उनी एउटामा पनि सामेल भइनन् । तर, उनको नाममा अरुले परीक्षा दिएको भेटिएको छ । विश्वविद्यालयको अधिकारीहरुले अहिलेसमम आठभन्दा बढी नक्कली परीक्षार्थीलाई आफ्नो नाममा परीक्षा दिन पठाएको भेटिएको छ ।
नक्कली परीक्षार्थी पठाएपछि उनलाई विश्वविद्यालयले निष्काशन गरेको छ । बँगलादेशको टिभी च्यानल नगोरिक टीभीले यसको खुलासा गरेको हो । टीभी च्यानलले गएको शनिबार परीक्षा हलमै एकजना नक्कली परीक्षार्थीको खुलासा गरेको थियो । त्यसपछि यो घटना बाहिर आयो ।
नुसरत ढाकाको नरसिंगी जिल्लाका पूर्व मेयर लोकमान हुसेनकी पत्नी हुन् । हुसेन सन् २०११ म बन्दुकधारीको हमलामा मारिएका थिए ।
-एजेन्सी
Photo Source: Facebook