Logo

सरकारी कर्मचारीलाई आतङ्कवादी क्रियाकलापबारे भारतमा प्रशिक्षण



काठमाडौं, ५ कार्तिक । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धी विशेष ६ दिने तालिम भारतको फरीदाबादस्थित नेशनल एकेडेमी अफ कस्टुम, इन्डाइरेक्ट ट्याक्सेस एन्ड नारकोटिक्समा सोमबारदेखि सञ्चालन भईरहेको छ ।

प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन गरिएको भारतीय दुतावासले बिज्ञप्ती मार्फत जनाएको छ ।

२० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए । २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसीर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्ने पनि बताईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्