Logo

बालकुमारीमा दुर्घटना, स्कुटर चालकको घटनास्थलमै मृत्यु



काठमाडौं, ५ कात्तिक । बालकुमारीमा मालवाहक ट्रकको ठक्करबाट स्कुटर चालकको निधन भएको छ । ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बाँस बोकेको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको घट्नास्थलमै मृत्यु भएको हो । चालकको टाउको किच्चिएको थियो । स्कुटर चालककले बाटो काट्ने मान्छे जोगाउँदा ट्रकले उनलाई २० मिटरसम्म घिसारेर लगेको थियो । मृत्तक स्कुटर चालक अन्दाजी ४० वर्षका छन् ।



प्रतिक्रिया दिनुहोस्