Logo

डाँका मार्ने भनेपछि जंगिए टोपबहादुर



काठमाडौं, ५ कात्तिक । तपाईंहरु डाँका मार्ने ? पत्रकारको कडा प्रश्नसहितको कठोर शब्द जोडियो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझी मंगलबार रिपोर्टर्स क्लब नेपालमा आक्रोशित भए ।

डकैती गरेको भन्ने, डाँका भन्ने के हो ? रायमाझी जंगिए । पत्रकारहरुले शब्द चयन गर्दा विचार पुर्याउन भने । डकैती शब्द नसुहाउने भन्दै त्यस्तो नभन्न चेतावनी दिए ।

मिडियाले शब्द चयन गर्दा जिम्मेवारीबोध गर्नुपर्ने उनको जोड थियो । रायमाझीले देशमा सार्वजनिक स्थलमा बोल्दा समेत जथाभावी शब्दको प्रयोग हुनथालेको भन्दै चिन्ता व्यक्त गरे ।
File Photo



प्रतिक्रिया दिनुहोस्