Logo

मन्त्रीको मर्जी नमान्दा उपसचिवको ‘सरुवा’



काठमाडौं, ६ कार्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ ।

मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो ।

मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए ।

त्यस्तै, आगामी खरिद कारबाही मूल्यांकन प्रक्रियामा आफूनिकट व्यक्तिलाई बोलपत्र पार्ने योजनामा पनि उनी बाधक बनेका थिए ।आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्