Logo

सरकारसँग वार्ता गर्न विप्लव काठमाडौं प्रवेश !



काठमाडौं, ६ कात्तिक । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग वार्ता गर्न भन्दै काठमाडौं उपत्यका प्रवेश गरेका छन् । सरकारले यसअघि पटक पटक वार्ताको लागि विप्लवसँग पत्राचार र आग्रह गरेको थियो । तर, विप्लव समूह वार्ताको लागि तयार नै भएन । पछिल्लो समय विप्लव समूहविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत भएको थियो । एकपछि अर्को गरेर प्रभावशाली नेताहरु धमाधम पक्राउ पर्न थालेपछि विप्वल सरकारसँग वार्ताको लागि तयार भएको समाचार आईरहेका छन् ।

हालै पश्चिम क्षेत्रमा बसेको भनिएको पार्टीको आठौँ पूर्ण बैठकले इमान्दारसाथ प्रस्तुत भए सरकारसँग वार्तामा बस्न आफूहरु तयार रहेको निर्णय गरेको विप्वल समहूनिकट स्रोतले जनाएको छ । नेकपाका महासचिव विप्लव नै सरकारसँग वार्ता गर्ने तयारीका साथ काठमाडौं प्रवेश गरेको स्रोतको दाबी छ ।

गत असोज ३० गते दाङको राजापुर गाउँपालिका-४ स्थित मरेठाको जंगलबाट बैठक बसिरहेका बेला ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द (वीरजंग)सहित २१ जना नेतालाई प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot