विभिन्न चर्चित व्यक्तिहरुको जीवनमा फिल्म निर्माण गर्ने ट्रेन्ड अहिले बलिउडदेखि नेपाल चलचित्र क्षेत्रमा पनि प्रवेश भएको छ । प्रदेश ४ का प्रदेशसभा सदस्य तथा गुन्डा नाइकेको रुपमा परिचित दिपक मनाङ्गेको जीवनमाथि बायोपिक फिल्म बन्ने भएको छ ।
८ कात्र्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पोई र्पयो काले’ का निर्माता द्वय किरण नेपाली र अमलादेवी राईले मनाङ्गेको जीवनमा आधारित भएर फिल्म बनाउन लागेका हुन् । निर्देशक जमन विष्टद्धारा निर्देशन गरिने त्यो फिल्मलाई निर्माण टिमले चलचित्र विकास बोर्डमा ‘मनाङ्गे’ नाममा दर्ता गरेको छन् ।
फिल्मको कथा निर्देशक विष्ट स्वयंले लेखिरहेका छन् । निर्माता किरण नेपालीले दिपक दाईसँग अनुमति लिएर फिल्म बनाउन लागेको र स्क्रिप्ट लक भएपछि फ्लोरमा जाने जानकारी दिएका छन् । अहिले फिल्मका लागि लिड कास्टको खोजी भइरहेको छ । दिपकको जीवनमा आएका उतर चढावसँगै डनदेखि सासंदसम्मको यात्रालाई फिल्ममा देखाइनेछ ।