Logo

मोटरसाइकल पल्टँदा पछाडि बसेका यात्रुको निधन



डोल्पा, ६ कात्तिक । त्रिपुरासुन्दरी नगरपालिका-१ भित्तेमा आज मोटरसाइकल पल्टिदा १ जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार ठुली भेरी नगरपालिका-३ का अन्दाजी २५ वर्षीय ज्ञान बहादुर बुढा रहेका छन् ।

उपचारको क्रममा जिल्ला अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक ठुलीभेरी नगरपालिका-१ का २४ वर्षीय काजीमान विकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । त्रिपुराकोटबाट दुनैतर्फ जाँदै गरेको भे ८ प ९१५६ नम्बरको मोटरसाइकल आज बिहान सवा ८ नियन्त्रणमा गुमाएर सडकबाट करिब १० मीटर तल खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot