ललितपुर, ६ कात्तिक । विद्यालय जाँदै गर्दा आफ्नै स्कुलको ढोकाबाट खसेर बालकको मृत्यु भएको छ । मंगलबार विहान चुनिखेल सल्यानटारस्थित होलि टेम्पल बोर्डिङ स्कुलमा एल केजीमा अध्ययनगर बालक नविन घिमिरे बसले ब्रेक हान्दा ढोकाबाट खसेर सोही बसले किचेपछि गम्भीर घाइते भई अस्पताल लगिदा मृत घोषित गरिएको थियो ।
८ वर्षका बालक स्कुल जाने क्रममा बा २ ख ५००९ नं को बसले अचानक ब्रेक लगाउँदा गाडीको ढोकाबाट खसी सोही गाडीले ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सवारी साधन र सवारी चालक प्रहरी प्रभाग बुङ्गमतीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनापछि त्यस क्षेत्रमा तनाव भएको थियो ।