Logo

साझा पार्टीबाट काँस्की क्षेत्र नम्बर २ बाट रजनी केसी उम्मेद्धवार चयन



काठमाडौं, ६ कात्तिक । साझा पार्टीले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको छ।

पार्टीले जारी गरेको विज्ञप्तीअनुसार यही कात्तिक ५ र ६ गते पोखरामा बसेको केन्द्रिय समितिको बैठकले यस्तो निर्णय गरेको हो । विज्ञप्तीमा भनिएको छ,‘यही कार्तिक ५ र ६ गते पोखरामा केही महत्त्वपूर्ण निर्णय सहित साझा पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले छिटै नै देश भरि बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी(व्यवसायी लगायत आम जन समुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। साथै आसन्न उप(निर्वाचनका बारेमा रणनीतिक योजना, उम्मेदवार चयन र निर्वाचन परिचालन बारेमा पनि आवश्यक निर्णय लिएको छ।’

केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियानकर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

 



प्रतिक्रिया दिनुहोस्