Logo

‘एक्शन रुम’ मा ७ राष्ट्रिय गौरवका आयोजना अनुगमन, अवस्था सन्तोषजनक



काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक्सन रुम’ बाट आज ७ राष्ट्रिय गौरवको आयोजनाबारे अनुगमन गरेका छन् । उक्त रुममा अर्थमन्त्री डा. युवराज खतिवडा, उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसहित अनुगमन गरेका हुन् । आजको एक्सन रुमबाट भेरी डाईभर्सन, रानीजमरा, पोखरा विमानस्थल, पश्चिम सेती र भैरहवा विमानस्थललगायतका ७ परियोजनाबारे भिडियो कन्फ्रेन्समा अनुगमन भएको छ ।

 उक्त एक्शन रुपममा सहभागी उर्जामन्त्री पुनका अनुसार प्रधानमन्त्रीले तिव्र गतिमा काम अघि बढाउन निर्देशन भएको छ । उनले भने,‘आयोजनाहरुको असोजसम्मको प्रगति राम्रो छ । अलग अलग हेर्दा राम्रो प्रगति छ । प्रधानमन्त्रीले अझै राम्रो प्रगति चाहानुभएको छ । उहाँले निर्धारित समयभन्दा अघि नै आयोनजाहरु सम्पन्न गरिसक्न निर्देशन दिनुभएको छ । अहिले कुनैपनि आयोजनाको अवस्था चिन्ताजनक छैन् । आयोजना प्रमुखहरुको प्रस्तुति हेर्दा र फिल्डका प्रगति हेर्दा सन्तोषजक छ ।’

उक्त एक्शन रुममा रहेर प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्य मन्त्रीहरुसँग र राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था हेर्दै आएका छन् । ‘एक्सन रुम’मा बसेर प्रधानमन्त्रीले चित्त नबुझेका र सुझाव, सल्लाह, आदेश दिन परेमा एकै पटक भिडियोबाट छलफल (भिडियो कन्फरेन्स) गर्न मिल्ने व्यवस्था छ । Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्