Logo

रणनीति बनाउन कांग्रेस नेताहरु देउवा निवासमा



काठमाडौं, ६ कात्तिक । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा कांग्रेस नेताहरु भेला एका छन् । आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारीको लागि उनीहरु रणनीति बनाउन भेला भएका हुन् ।

उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनलगायतका तयारी थाल्न शीर्ष नेताहरु जुटेको देउवानिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक भोलि (बिहीबार) बोलाईएको छ । उक्त बैठकमा एकमत भएर प्रस्तुत हुनेपनि आजको बैठकमा नेताहरुबीच कुरा मिलेको छ।



प्रतिक्रिया दिनुहोस्