Logo

साम्राज्ञीको दिवांकससँगको सम्बन्ध संकटमा



काठमाडौं, ६ कात्तिक । साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली सिनेजगतकी सुन्दर नायिका हुन् । उनको प्रेमी बन्न धेरै पुरुष दौडिए तर दिवांकस राणा भाग्यमानी बने ।

साम्राज्ञीसँग दिवांकसको प्रेम सम्बन्धका कारण निर्माता निर्देशक मात्र नभएर दिवांकसको परिवार समेत हैरान भएका छन् । दिवांकसको परिवारले साम्राज्ञीसँगको हिमचिम मन नपराएको बुझिएको छ । त्यसैले यो सम्बन्ध लामो नजाने अनुमान सिनेजगातमा लगाउन थालिएको छ ।

एकातर्फ दिवांकस साम्राज्ञीको व्यवसायिक जीवनमा समेत समस्या बनिरहेका छन् । अर्कोतर्फ दिवांकसको परिवारले साम्राज्ञीलाई दिवांकसको करिअरमा अवरोध देखेको छ । यही कारण यो सम्बन्ध जोखिममा परेको हो ।

साम्राज्ञी नायिकाहरुमा सबैभन्दा बढी पारिश्रमिक लिने नायिका हुन् । उनले २० लाख रुपैयाँ घटी चलचित्र नखेल्ने बताइसकिन् । अघिल्लो चलचित्रमा उनले १६ लाख पारिश्रमिक लिएको चर्चा चल्यो ।

साम्रज्ञीले पारिश्रमिक बढाइरहँदा निर्माता निर्देशकहरु उनको कार्यशैलीबाट वाक्क भएका छन् । निर्माता निर्देशकहरुमाझ उनको ब्याइफ्रेन्डलाई बढी समय दिने तर चलचित्रमा ध्यान कम दिने विषय उठेको छ । एक निर्देशकले रिपोर्टर्स नेपाललाई भने, ‘साम्रज्ञी चलचित्रको अभिनयमा भन्दा ब्याइफ्रेन्ड र चर्चामा रमाउन थालेकी छिन् ।’ उनको यही शैलीका कारण कुनैपनि चलचित्र सफल भइरहेको छैन ।

दशैं पारेर हलमा लागेको रातो टीका निधारमा नराम्रोसँग फ्ल्प भयो । निर्माताको लगानी डुब्यो । निर्देशकले बेक्कारमा साम्राज्ञीलाई चलचित्रमा लिएको गुनासो गर्दै हिंडे ।

साम्राज्ञी ब्याइफ्रेन्ड दिवांकस राणासँग बढी रमाउन थालेकी छिन् । दिवांकस सुटिंगस्थलमै साम्रज्ञीलाई भेट्न र लिन जाने गरेबाट पनि निर्माता निर्देशक असन्तुष्ट बनेका हुन् । यो विषय चलचित्र क्षेत्रमा फैलिएपछि साम्राज्ञीलाई अब फिल्म पाउने मुश्किल हुने देखिएको छ । यसैपनि उनी अभिनय भन्दा हल्लाले चर्चामा आइन् । फिल्म नचल्ने साम्राज्ञीका कारण हल्लामा चल्ने अवस्था बनेको छ । निर्मातालाई साम्राज्ञीलाई लिएर चलचित्रमा लगानी बालुवामा पानी भइरहेको छ ।

दिवांकसका कारण साम्राज्ञीको ध्यान चलचित्रलाई राम्रो अभिनय दिनेभन्दा रोमान्समा गएको छ । यता दिवांकस पारिवारिक दबाबमा पर्दै गएका छन् । यसकारण कुनैपनि बेला यो सम्बन्ध टुट्ने अवस्था बन्न थालेको छ ।

दिवांकससँग सम्बन्ध जोडिनुअघि साम्रज्ञी मायंक खड्कासँग अफेयरमा थिइन् । यो सम्बन्ध लामो जान सकेन । अब दिवांकससँगको सम्बन्ध पनि लामो नजाने अवस्था बन्दै गएको छ ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot