Logo

जव लासले भरिएको ट्रक बेलायत भित्रियो…



लन्डन,७ कार्तिक । बुल्गेरियाबाट ३९ शव बोकेर एक ट्रक बेलायत छिरेको खवर पाउदा सुरुमा त प्रहरीलाई विश्सास गर्न ग्राहो भएको बेलायती प्रहरीले जनाएको छ ।

राजधानी लन्डन नजिकैको औद्योगिक पार्कमा भेट्टिएको उक्त ट्रकभित्र ३९ व्यक्ति मृत रहेको खवर आएपछि प्रहरीले सुरुमा एम्बुलेन्स सेवालाई फोन गरेको जानकारी गराएको छ ।

बेलायतको एसिक्स प्रहरीका अनुसार राजधानी लन्डनबाट पूर्वमा रहेको ग्रेजको पार्कमा भेटिएका सबै व्यक्तिलाई सोहीस्थलमा मृत घोषित गरिएको थियो। मृतकमा ३८ जना बयस्क र एक किशोर रहेको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ।

उक्त घटनामा संलग्नता रहेको आरोपमा २५ वर्षीय उत्तरी आयरल्यान्डका युवक तथा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। ‘यो निकै दुःखद् घटना हो जसमा एकै स्थलबाट ३९ व्यक्तिको मृत शरीर फेला परेको छ,’ एसिक्स प्रहरीका प्रमुख सुपरिक्षक एन्डु मारिनरले एक विज्ञप्ति जारी गरी घटनाबारे भनेका छन्। घटनाबारे वास्तविकता खोज्न अनुसन्धान सुरु भइसकेको प्रहरी स्रोतले जनाएको छ।

एकै पटक यति धेरै मानिस मृत भेटिएपछि अहिले वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ । उक्त स्थानमा अन्य पनि त्यस्ता गतिविधि देखिन सक्ने भन्दै प्रहरी तयारी अवस्थामा रहेको पनि जनाइएको छ ।

सन् २००० को जुन महिनामा ५८ चिनियाँ आप्रवासीका शव बेलायतको डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यहाँ दुई जना जीवितै थिए। हत्या गरेको अभियोगमा उक्त लरीका डच चालकलाई जेल सजाय भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot