Logo

सत्यराजको “अनुराग” पछि “अन्तरे”



चलचित्र “अनुराग” को क्याप्टेनसिप सम्हालेका निर्देशक सत्यराज चौलागाईँले नयाँ चलचित्र बनाउने भएका छन् । समसामयिक कथामा उनले “अन्तरे” नामक चलचित्र बनाउने भएका हुन् । अहिले निर्देशक सत्यराज चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् ।

राज पण्डित र सुबास राईको लगानीमा बन्न लागेको यो चलचित्रलाई रेड आइज फिल्म्स ब्यानरमा निर्माण गर्न लागिएको छ । चलचित्रको लागि अन्य कलाकारहरु छनोट भइसकेपनि मुख्य पात्रहरु टुङ्गो नभएको जनाइएको छ ।

दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेको निर्देशक सत्यराज विगत १२ वर्षदेखि निरन्तर नेपाली चलचित्रमा सक्रिय छन् । उनले चलचित्र “अनुराग” बाट निर्देशनमा डेब्यू गरेका हुन् । “अन्तरे” लाई उत्कृष्ट बनाउन उनले प्रतिवद्धता जनाएका छन् ।Photo Source: Filmykhabar



प्रतिक्रिया दिनुहोस्

Screenshot