Logo

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं, ७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज अपरान्ह बस्दैछ । बैठकमा उपनिर्वाचनबारे छलफल गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनकाअनुसार आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने, भातृ संस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन गर्न तदर्थ समिति बनाएर नेतृत्व दिनेलगायत बिषयमा छलफल गर्न बैठक डाकिएको हो ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो। उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २, बागलुङ, दाङ, धरानलगायत ठाउँबाट उम्मेदवारको नाम सिफारिस भएर आइसकेकोले त्यसबारे केन्द्रीय समितिमा छलफल गर्न लागिएको शर्माले जनाए।



प्रतिक्रिया दिनुहोस्